काठमाडौँ । नेकपा एमालेले प्रदेश अधिवेशन माघको अन्तिम साताका लागि सारेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले कोरोना महामारीको तेस्रो लहर सुरु भएकोले  प्रदेश अधिवेशन माघको २८ र २९ का लागि सारिएको बताए ।

‘कोभिडको तेस्रो लहर सुरु भएका कारण माघ ८ गते तय गरेको प्रदेश अधिवेशन माघ २८ र २९ का लागि सारिएको छ,’ उनले भने, ‘पार्टी केन्द्रले यस विषयमा निर्देशन जारी गरिसकेको छ ।’

उनले अधिवेशन सार्नुको अर्को कारण कतिपय जिल्लामा अधिवेशन हुन नसकेको कारण समेत रहेको बताए । त्यस्तै एक नेताले केही नेताहरुको स्वार्थ र पदिय भागबन्डा नमिल्दा कोरोनालाई देखाएर अधिबेशन सारेको समेत बताए ।

मंसिरको अन्तिम साता भएको एमाले केन्द्रीय बैठकले माघ ८ गते एकैदिन प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय