काठमाडौं । मुटुमा समस्या भएपछि मंगलबार शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना हुनु भएका राष्ट्रपति रामचन्द्र पौडेल बुधबार अस्पतालबाट डिस्चार्ज हुनु भएको छ ।

राष्ट्रपति पौडललाई बुधबार बिहान ८ बजे डिस्चार्ज गरिएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको हो ।

उहाँको स्वास्थ्य अवस्था समान्य भएपछि डिस्चार्ज गरिएको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलेको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार प्रवाहमा समस्या देखिएपछि सामान्य हृदयघात भएको र अवरुद्ध भएको उक्त नशाको एन्जियोप्लास्टी गरी खुलाइएको पनि अस्पतालले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय