काठमाडौ । नेपाल प्रहरीका एसएसपी पूजा सिंह प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा सिफारिस भएकी छन् । बढुवा समितिको सचिवालयका अनुसार रिक्त एक डिआइजी पदमा सिंहलाई बढुवाका लागि सिफारिसको निर्णय भएको हो ।

सिंह मधेसी महिलाबाट पहिलो डिआइजी भएका छन् । गृहमन्त्री बालकृष्ण खाँणलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश यादव नेतृत्वमा सप्तरीबाट आएको प्रतिनिधिमण्डलले डिआइजीमा पूजा सिंहको बढुवा गरेकामा धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिनिधिमण्डलले गृहमन्त्री खाँणलाई मन्त्रालयमा भेटेर मधेसका महिलाबाट पहिलोपटक डिआइजी पदोन्नति गरेकामा धन्यवाद दिएको हो ।  ‘मधेसी महिला सिंहलाई नायब महानिरीक्षकमा बढुवा गर्नुभएकोमा गृहमन्त्री र सरकारलाई धन्यवाद दिन हामी आएका हौँ’, उनले भने, ‘अब हामीले प्रधानमन्त्रीलाई पनि भेटेर धन्यवाद ज्ञापन गर्छौँ । सरकारले उदाहरणीय काम गरेको छ ।’

प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकी सिंह प्रहरी सङ्गठनमा अब्बल कार्यसम्पादन गर्ने अधिकृतका रूपमा परिचय बनाएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय