काठमाडौ । कैलालीको धनगढीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले सवार गाडी दुर्घटनामा परेको छ ।
मन्त्री आले चढेको सु.प. प्रदेश ०१ ०० १ झ ३३३ नम्बरको गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले ठक्कर दिँदा दुर्घटना भएको हो ।
धनगढी विमानस्थलबाट ६ लेन सडक क्रस गर्दै गरेको बेला आलेको गाडीलाई अर्को गाडीले ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
प्रहरीका अनुसार गाईलाई ठक्कर दिएर अनियन्त्रित भएको कारले मन्त्रीको गाडीलाई पनि ठक्कर दिएको थियो ।
मन्त्री सवार गाडी दुर्घटनामा परेपछि अर्को गाडी प्रयोग गरेर आले महेन्द्रनगर गएका छन् । ठक्कर दिने गाडीमा सवार सबै सकुसल रहेका जनाइएको छ ।
गाडी चालक प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।