काठमाडौं । दुवै मृगौला विग्रिएर जीवनमरणको दोसाँधमा रहेका काभ्रे जिल्ला महाभारत गाउँपालिका– ५ मा जन्म भई हाल कीर्तिपुर नगरपालिका– ६ मा बसाई सरेका विकास लामाको परिवारले उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका छन्।

दुवै मृगौला फेल भएर निरन्तर उपचार तथा डाइलाइसिस गराइरहेका बर्ष ३१ का विकासको मृगौला प्रत्यारोपण गर्न आर्थिक अभाव भएकाले आवश्यक रकम जुटाइदिन उनका बुवा दौलत सिं बल (कालदास)ले आग्रह गरेका हुन्। करिव तीन महिनाअघि दुवै मृगौला बिग्रिएपछि विकासको सातामा दुईपटक डाइलाइसिस गरीरहनु परेको उनका भेनाजु बुद्धिमान योन्जनको भनाई छ ।

विकासले केहि समय पहिला देखि उच्च रक्तचाप (प्रेसर)को औषधी खाइरहेको थियो । उच्च रक्तचाप (प्रेसर) भए पनि विकासले यति ठुलो रोग लागेको होला भनेर सोचेको थिएन । शुरुमा त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा चेकचाँज गराउदा दुवै मृगौला फेल भएको पुष्टी भए पछि हाल वीर अस्पतालमा उपचारार्थ छन् ।

विकासको उपचार गराउँदा अहिलेसम्म ३ लाख रुपैयाँ भन्दा बढी सकिएको उनका भेनाजु बुद्धिमान योन्जनले ग्लोबल खबरलाई बताए । विकास सामान्य एउटा ट्याक्सी चालक हुन् । अहिले सम्म विकासको जेनतेन निरन्तर उपचार तथा डाइलाइसिस गराइरहेको विरामी विकासका बुवा दौलत सिं को भनाई छ। आर्थिक अवस्था न्यून भएका लामा अहिले आर्थिक अवस्था कमजोर भएपछि चिन्तित छन्। विरामी विकासले विभिन्न राजनितीक दल, सामाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवीहरुले सहयोग गरिदिए आफूले नयाँ जीवन पाउनसक्ने बताउँदै सहयोगको अपिल गरेका हुन् ।

सहयोग गर्न चाहनेले विकास लामा विरामीका मोबाइल नं. ९८०३०४१५०१ र विरामीको भेनाजु बुद्धिमान योन्जन मोबाइल नं. ९७६१६६८०२० तथा ग्लोबल खबरको टिमलाई सम्पर्क गर्न सक्नुहुनेछ । विकास लामाको मुक्तिनाथ विकास बैंक लि.मा रहेको खाता नं. ०९६२१६००६५५७०५०००००१ मा रकम जम्मा गरेर सहयोग गरिदिन अपिल गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय