काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी पत्नी दिव्येश्वरी चन्दको निधन भएको छ । चन्द ८२ वर्षको हुनुहुन्थ्यो ।

चन्दको उपचारका क्रममा आज शुक्रवार बिहान निधन भएको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँ ८२ वर्षको हुनुहुन्थ्यो ।

चन्द उच्च रक्तचाप, पक्षघातलगायत रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको आजै पशुपतिको आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय