काठमाडौँ । नेकपा (एमाले) दैलेखमा मतदाता संख्या भन्दा बढी मत खसेपछि निर्वाचन प्रक्रिया रद्द भएको छ । कुल मतदाता संख्या ७२१ रहेकोमा निर्वाचनमा ७४८ मत खसेपछि निर्वाचन प्रक्रिया रद्द गरिएको हो ।

मतदान सकिएपछि मुचुल्का उठाउँदा ७१७ मत खसेको उल्लेख छ । तर मतगणनामा ७४८ मत भेटिएको छ । अर्थात् मतदानमा सहभागी प्रतिनिधि (मतदाता) भन्दा ३१ मत बढी खसेका छन् ।

एमाले दैलेखको सातौँ जिल्ला अधिवेशनअन्तर्गत पुस २३ गते उद्घाटन गरिएको नयाँ कमिटी चयनका लागि पुस २७ गते बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु भएको थियो । अधिवेशनका लागि ११ स्थानीय तहका वडाहरूबाट ७२१ जना प्रतिनिधि चयन भएका थिए ।

अधिवेशनका अध्यक्ष मण्डलका सदस्य समेत रहेका एमाले कर्णाली प्रदेशका अध्यक्ष विनोदकुमार शाहका अनुसार खसेको मतका आधारमा बनाइएको मुचुल्काभन्दा ३१ मत फर्जी खसेको पाइएपछि निर्वाचन प्रक्रिया रद्द गरिएको बताए ।

उनले भने‚ ‘मतदानमा प्रतिनिधिभन्दा पनि बढी मत खसेको विषयमा पार्टीले अनुसन्धान गर्छ ।’

यता निर्वाचनमा होमिएका उम्मेदवारले भने निर्वाचन मण्डलको कमजोरीका कारण यस्तो अवस्था आएको आरोप लगाएका छन् । अध्यक्ष पदका उम्मेदवार रहेका सूर्यबहादुर शाहीले पूर्वतयारीका साथ यस्तो गरिएको हुनसक्ने शंका व्यक्त गरे ।

मतदाता संख्या ७२१ रहेको भए पनि निर्वाचन मण्डलले मतदाता संख्याभन्दा बढी मत छपाइ गर्नु मत पत्रको अर्धकट्टी नहुनु लगायतका कुराहरूमा निर्वाचन मण्डलले कमजोरी देखिएको शाहीको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय