धुलिखेल, काभ्रे । जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)का संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले कोरोना संक्रमण जोखिम रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा संक्रमणको अवस्था विश्लेषण गर्दा समुदायमा कोरोना संक्रमण दर बढिरहेको पाइएको बताए ।

प्रजिअ पोखरेलले एक सुचनामार्फत् सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेलाहुने गरी हाट, मेला, जात्रा, पार्टी जस्ता भीडभाड हुने कार्यहरु नगर्न आदेश जारी गरेका छन् ।

त्यस्तै जारी आदेश अनुसार कार्यालय, होटल, सिनेमा हल, रंगाशाल, पाक सार्वजनिक स्थलहरुमा प्रवेश गर्दा अनिवार्य कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड बोक्नु पर्ने छ भने सार्वजनिक सवारीको हकमा कुल सीट क्षमताभन्दा बढी यात्रु राख्ने नपाउने छैन ।

डिसिएमसीले आदेशको अवहेलना तथा वर्खिलाप हुने गरी कहीँ कसैबाट कार्य भएमा कारबाही गर्ने चेतवानी समेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय