धुलिखेल, काभ्रे । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको तथ्याङ्का अनुुसार मंगलबारसम्म एक सय ५ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईले ५० जना महिला र ५५ जना पुरुष गरी एक सय ५ जना सक्रिय संक्रमित रहेको जानकारी दिए ।
स्वास्थ्य कार्यालय काभ्रेले पछिल्लो २४ घण्टामा १४ वटा पिसिआर र १९ जना एन्टिजेन गरी कुल ३३ वटा परीक्षण गरिएकोमा १४ वटा पिसिआर र ५ वटा एन्टिजेन गरी १९ वटा रिपोर्ट पोजेटिभ आएको जनाएको छ । मंलगलबार मात्रै जिल्लामा १९ जनामा कोरोना संक्रमाण पुष्टि भएको छ ।
योसँगै काभ्रेमा कुल कोरोना संक्रमितको संख्या १४ हजार ९ सय ५३ पुगेको छ । जसमध्ये १४ हजार ६ सय ५५ जना उपचारपछि संक्रमणमुक्त भइसकेका छन् ।