काठमाडौँ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–९ स्थित सेराका कृष्ण बहादुर बुढाथोकी गाउँमै व्यावसायिक कुखुरा पालन गरेर राम्रो आम्दानी गर्दै आइरहेका छन्।

ब्रोइलर र लेयर्स जातका कुखुरा पालन गर्दै आइरहेका उनले विदेशको बराबर आफ्नै घरमा आम्दानी हुन थालेपछि परिवार नै फुरुङ्ग भएको बताए । तीन लाख लगानीबाट व्यवसाय सुरु गरेका बुढाथोकीले अहिले सबै खर्च कटाएर मासिक ३० देखि ३५ हजारसम्म आम्दानी गर्दै आइरहेका छन् ।

‘उनले भने ‘अहिले मसँग ब्रोइलर र लेयर्स गरी ४ सय कुखुरा रहेको छ । विदेशको भूमिका अर्काको काम गर्नुभन्दा आफ्नै गाउँघरमा गरेको व्यवसायबाट पनि पारिवारिक खुसी मिल्दो रहेछ ।’

प्रकाश पशुपक्षी फर्म सञ्चालन गर्दै आइरहेका बुढाथोकीले बजारको सुनिश्चितता र उचित मूल्य भएमा व्यवसायमा लगानी बढाउने सोच रहेको बताए । परिश्रम गरे यही सफल हुन सकिन्छ भन्ने अठोटले व्यवसाय सुरु गरेको उनको भनाई छ ।

विदेश जाँदा लाग्ने लगानी स्वदेशमै राम्रो काममा लगाउन सके पैसाकै लागि बिदेसिनु नपर्ने उनको तर्फ रहेको छ । ‘विदेश गएर राम्रो काम र आम्दानी हुन्छ नै भन्ने ग्यारेन्टी हुदैन,’ उनले भने, ‘स्वदेशमै सानो कामबाट व्यवसाय सुरु गरे आम्दानी लिन सकिन्छ ।’

वर्षमा तीन देखि चार लटसम्म कुखुरा बिक्री गर्न सकिने हुँदा कुखुरा पालनमा आकर्षित भएको बताए । गाउँमा व्यवसाय गर्दा केही चुनौती हुने उनको भनाइ छ ।।

कुखुरामा देखिने विभिन्न रोग, प्राविधिक र औषधिको अभावमा समस्या झेल्नुपर्ने भने अवस्था रहेको उनको भनाइ छ । किसानलाई प्रोत्साहन गर्न र व्यवसाय सञ्चालन गर्न सरकारले विभिन्न अनुदानका योजना ल्याए पनि वास्तविक किसानसम्म पुग्न नसकेको उनको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय