काठमाडौं । लगातार २८ घण्टासम्म अवरुद्ध रहेर शनिबार साँझदेखि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडकखण्ड पुन: अवरुद्ध भएको छ।
शनिबार राति करिब ११ बजेतिर ३ नम्बर पुलनजिक पहिरो खसेका कारण पुन: सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।


ईच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलमा पछिल्ला केही दिन यता पहिरोले दुःख दिइरहेको छ। शनिबार दिउँसो १ बजेबाट नाम्ची पुलमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो।
तुइन खोला पुल बनाउनका लागि भित्तो काट्न थालेपछि लगातार सुख्खा पहिरो खस्न थालेको हो। वर्षा समेत सुरु भएपछि उक्त ठाउँमा पहिरोको जोखिम झन् बढेको हो।










