धुलिखेल, काभ्रे । नेकपा (एमाले)का पोलिट ब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले पत्रकारिता निष्पक्ष हुन नसक्दा आम जनताको विश्वास पत्रकारिताप्रति घट्दै गएको बताएका छन् ।
बुधबार जिल्लाको धुलिखेलमा आयोजित प्रेस चौतारी नेपाल काभ्रेको सातौं अधिवेशनको उद्घटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाली पत्रकारितामा निष्पाक्षता कम हुँदै जाँदा विश्वसनीयताको संकट पैदा भई आम जनतामा पत्रकारिताको महत्व समेत घट्दै गएको बताए ।
‘भारतको भन्दा पुरानो इतिहास बोकेको नेपाली पत्रकारितामा निष्पक्षता क्षीण बन्दै गएकोमा ग्लानी हुन थालेको छ,’ उनले भने, ‘नेपालमा निष्पक्ष पत्रकारिताको खाँचो छ ।’
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य चन्द्र लामा, धुलिखेल नगरपालिकालका नगर प्रमुख अशोक ब्याञ्जु, प्रेस चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपाल, केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, महासंघ पूर्व अध्यक्ष भोजराज तिमल्सिना, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष कपिल कोइराला, प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष रोजन तामाङ लगायतको उपस्थिति रहेका थिए ।