काठमाडौं । कोशी प्रदेशको कांग्रेस संसदीय दलका नेता उद्वव थापा मुख्यमन्त्रीमा नियुक्त भएका छन्। बिहीबार उनलाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

थापाले सरकार गठनका लागि निर्णायक मत रहेको सभामुखको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए। प्रदेश प्रमुख खापुङले सरकारको दाबी पेसका लागि पाँच बजेसम्मको समयावधि दिएका थिए।

प्रदेश प्रमुखको आह्वान अनुसार कांग्रेसका थापाले माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

कांग्रेसका २९ , मोआवादीका १३, एसका ४ र जसपाकी १ सांसदको हस्ताक्षर बुझाइएको थियो। बहुमतका लागि ४७ सांसद आवश्यक पर्ने हुँदा सभामुख रहेका माओवादीका बाबुराम गौतमले पनि हस्ताक्षर गरेका हुन्।

यसअघि एमाले र राप्रपाले सभामुखको हस्ताक्षरसहितको दाबी आएमा अस्वीकार गर्न प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका थिए। उनीहरुको ध्यानाकर्षणका बावजुद पनि प्रदेश प्रमुखले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय