काठमाडौँ । नेपाली कांग्रेस काभ्रे क्षेत्रीय समितिले ब्लड क्यान्सरबाट पीडित एक बालकलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । नेपाली कांग्रेस काभ्रे निर्वाचन क्षेत्र नम्बर–१ (क) क्षेत्रीय समितिको अगुवाइमा रकम संकलन गरी ब्लड क्यान्सर पीडित बालकलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

तेमाल गाउँपालिका वडा नम्बर–७ का ब्लड क्यान्सरबाट पीडित ११ वर्षीय अंकितकुमार मोक्तानको उपचारको लागि क्षेत्रिय समितिले संकलन गरेको आर्थिक सहयोग हस्तान्तरण गरेको हो । उर्जा तथा सिञ्चाई मन्त्री एवम् नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले बुधबार क्षेत्रीय समितिको अगुवाइमा संकलन भएको ३ लाख २७ हजार १ सय रुपैयाँ ब्लड क्यान्सर पीडित बालकका बुबा अनिलकुमार मोक्तान र आमा शान्ति तामाङलाई हस्तान्तरण गरेका हुन् ।

बिरामी बालकको उपचारमा सहयोग पु¥याउने उद्धेश्यअनुसार कांग्रेस क्षेत्रीय समितिका सदस्यहरुबाट संकलित १ लाख १०० रुपैयाँ र अन्य सहयोगी दाताबाट संकलित रकम समेत गरी ३ लाख २७ हजार १०० रुपैयाँ हस्तान्तरण गरिएको हो । कांग्रेस क्षेत्रीय समितिले बालकको उपचारमा सहयोग गर्ने उद्देश्य अनुसार अभियान नै सञ्चालन गरी अर्थिक सहयोग संकलन गरेको अभियानका संयोजक एवम् क्षेत्रीय समितिका कोषाध्यक्ष रमेश तामाङले जानकारी दिए ।

सहयोग हस्तान्तरण गर्दै मन्त्री लामाले प्रदेश सरकारको तर्फबाट पनि उपचारमा सहयोग गर्ने बताए । सहयोग प्रति आभारी व्यक्त गर्दै मन्त्री लामाले बालकको उपचारको लागि पार्टीका साथीहरुबाट थप सहयोग गर्ने विश्वास व्यक्त गरे ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय