काभ्रे । प्रेस चौतारी नेपाल काभ्रेको अध्यक्षमा भुवन राइमाझी निर्वाचित भएका छन् ।

बुधबार जिल्लाको धुलिखेलमा आयोजित प्रेस चौतारी काभ्रेको सातौं अधिवेशनबाट राइमाझीलाई अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

अधिवेशनबाट उपाध्यक्षमा रामसुन्दर आचार्य, महिला उपाध्यक्षमा सरिता सापकोटा, सचिवमा जगतमान बल, सहसचिवमा अरबिन्द्र गौतम, सहसचिव (समावेशी) मा चित्र तामाङ, कोषाध्यक्षमा काजल तामाङ निर्वाचित भएको छ ।  त्यस्तै सदस्यहरु विकास तिमल्सिना, मणिराम दाहाल, अनिष पोखरेल, नवराज ढकाल, रन्जित बोहरा, कपिल कुमार दनुवार, सुशीलराज गिरी, बालकृष्ण बजगाई, शिशिर लामा र प्रदिप भन्डारी रहेका छन् ।

अधिवेशनलाई नेकपा (एमाले)का पोलिट ब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले उद्घाटन गरेका थिए । उनले नेपालमा निष्पक्ष पत्रकारिताको खाँचो भएको समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय