काभ्रे । खानीखोल गाउँपालिका वडा नं.– ३ चुनिखोलामा जन्म भई हाल पनौती नगरपालिका– ९ इट्टेमा बसोबास रहेका बाबुराम वाईबाको भाँचिएको खुट्टाको उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।
आफ्नै घरको कौसीबाट लडेर घाईते भएको वाईबाको स्थास्थ्य अवस्था बुझ्न अस्पताल जाने क्रममा नेकपा (माओवादी केन्द्र) खानीखोला गाउँपालिका कमिटि अध्यक्ष तथा युवा नेता समाजसेवी खड्क बहादुर जिम्बा (अविरल) र खानीखोला गाउँपालिका–३ का वडा अध्यक्ष सागर जिम्बाले आर्थिक सहयोग गरेका हुन् ।


विगत लामो समय देखी समाजसेवा गर्दै आएका जिम्बा द्धयले वाईबाको उपचारको लागि थोरै भएपनि सहयोग पुगोस् भनेर २० हजार आर्थिक सहयोग गरेका हुन् । शिर मेमोयिल अस्पताल बनेपामा उपचार भईरहेको वाईबाको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको छ ।










