काठमाडौं । धादिङको रुबीभ्याली गाउँपालिका–१ स्थित् तिप्लिङमा सडक खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीनजना बेपत्ता भएका छन् ।
गाउँपालिका अध्यक्ष चेरुङ तामाङले सडक खन्ने क्रममा बिहीबार बिहान ७ बजे पहिरो खस्दा डोजरसहित तीनजना बेपत्ता भएको जानकारी दिए । उनले बेपत्ता हुनेमा डोजर चालक, सहचालक र सडक समितिका एक जना रहेको बताए ।


घट्ना स्थलमा अझै प्रहरी पुग्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय धादिङले पहिरोमा तीनजना पुरिएको खबर आएको र उद्धारका लागि टोली परिचालन गरिएको जनाएको छ ।
घटनास्थल नजिकको सेर्तुङ प्रहरी चौकीबाट चार घण्टाको पैदल दूरीमा पर्दछ ।