माल्टा । गैर आवासीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद माल्टाको निर्वाचन अनलाइनबाट हुने भएको छ । २०२३ देखी २०२५ सम्मको कार्यकालको लागि हुने निर्वाचनको लागि मंगलवार बसेको निर्वाचन समितिका पदाधिकारी र अध्यक्षका प्रत्यासि द्वय र स्वतन्त्र समुहको तर्फबाट उपाध्यक्ष प्रत्यासिको सयुक्त बैठकले निर्वाचन अनलाइन मार्फत गर्ने निर्णय गरेको हो ।
निर्वाचन स्वच्छ, शान्त र भय रहित वाताारणका सथा सफल बनाउन समितिले महत्वपुर्ण भुमिका खेल्ने निर्वाचन समितिका सह–सचिव आकाश गुरुङले बताए । निर्वाचन सफल बनाउन सम्पुर्ण माल्टाबासिहरुले उमेदवाररुलाई सहयोग गरिदिन समितिका संयोजक राजु अर्यालले सबैमा आह्वान गरका छन् ।


मतदाताले आफ्नो स्वविवेक प्रयोग गरि आफुले चाहेको उमेदवारलाई चुन्न पाउने अधिकारको सुनिश्चित गर्नुपर्ने निर्वाचन समितिका पुर्व संयोजक एवम् वर्तमान सदस्य हरि प्रकश बि.क. ले बताए । निर्वाचन स्वच्छ प्रतिस्पर्धा हुनुपर्न र जसको पक्षमा नतिजा आएको भए पनि सबै उमेदवारहरुले स्विकार्नु पर्ने समितिका सदस्य उज्ज्वल केसिले बताए ।
यहि ३० तारिखमा सम्पन्न हुने निर्वाचनलाई सफल बनाउन सहयोग गरिदिन सबै सामाजिक संघ संस्था र आम मतदाताहरुलाई समितिका सदस्यहरुलाई ललित क्षेत्री, कमल पोख्रेल र अमर रावतले अपिल गरेका छन् । अध्यक्ष पदका प्रत्यासि रेम लाल खनाल (रेम्स)ले निर्वाचन समितिले स्वच्छ र निश्पक्ष बनाउन र आम मतदाताले ढुक्कसंग मतदान गर्न पाउने व्यवस्था गर्न टिमले सहयोग गर्ने प्रतिबद्वता व्यक्ता गरेको छ । यसै अर्का अध्यक्षका प्रत्यासि रोशन गिरिले निर्वाचन समितिको निर्णय पुर्ण रुपमा पालाना गरि निर्वाचन सम्पन्न गर्न तयार रहेको बताए ।
स्वतन्त्र समुहको नेतृत्व गरि उपाध्यक्ष पदका प्रत्यासि दिनेश कार्कीले निर्वाचन समितिले कुनै पनि पक्ष बिपक्ष भएर नजाओस हामी स्वच्छ प्रतिस्पर्धाबाट भाग लिन र निर्वाचनलाई सम्पन्न गराउन सहयोग गर्ने बचन ब्यक्त गरेको छ । निर्वाचन अनलाइन प्रणालि बाट हुने भएको हुदा तल उपलब्ध गराइएको मतदान सम्बन्धी डेमो ( Demo vedio ) भिडियो सम्पुर्ण पत्रकारहरुले सामाजिक संजाल मार्फत सबै मतदाता माझ पुर्याइदिनु हुन हरि प्रकश बिक सबैलाई हार्दिक अनुरोध गरेका छन् ।
Demo vedio










