काभ्रे । तेमाल गाउँपालिका एकीकृत समाजवादीका युवाहरु शनिवार जिल्ला पार्टी कार्यलय बनेपामा एक कार्यक्रम गरि माओवादी केन्द्रमा प्रवेश भएका छन् ।
माओवादी केन्द्रको कार्यालयमा पुगेर प्रवेश गर्नेमा तेमाल गाउँपालिका वडा नं. २ एकीकृत समाजवादीका उपाध्यक्ष महेश तामाङ, किरण तामाङ, जीवन तामाङ, प्रदिप तामाङ आदि प्रवेश गरेका थिए ।


उनिहरुले एकिकृत समाजवादीमा युवाहरुको भबिष्य नभएको भन्दै माओवादी केन्द्रमा प्रवेश गरेको समेत बताएको छ । तेमाल गाउँपालिकामा समाजवादीले युवाहरुलाई कुनै पनि कुरामा सहयोग नभएको र युवाहरुको समेत भविष्य नभएकोले माओवादी केन्द्र रोजेको उनिहरुको भनाइ रहेको छ ।
उनीहरुलाई माओवादी केन्द्रका जिल्ला संयोजक भोला प्रसाद अर्याल र सविच दैवलाल घिसिङ –अनुसिल०ले टिका खदा लगाएर स्वागत गरेका गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा सभापतित्वमा देवराज तामाङ जिल्ला समन्वय समिति सदस्य युवराज लामा, मनिता तामाङ लगायतका सहभागी रहेको थियो ।










