महाभारत, काभ्रे । नेकपा (माओवादी केन्द्र) महाभारत गाउँपालिका कमिटीको आयोजनामा राजनीतिक तथा बैचारिक प्रशिक्षण सम्पन्न भएको छ ।
विहिवार जिल्लाको देवीटारमा माओवादी केन्द्र प्रदेशका अध्यक्ष सरल सहयात्री र सचिव इन्द्रबहादुर थिङ (छिन्ताङको विशेष उपस्थितिमा सम्पन्न भएको हो ।
कार्यक्रममा बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले अब नेपाली समाज दलालहरुको अधिनमा बस्न नसक्ने बताए ।
उनले भने, ‘अब नेपाली समाज दलालहरुको अधिनमा बस्न सक्दैन किनकि उसको अस्तित्व समाप्त भएको छ ।’
त्यस्तै माओवादी केन्द्रकै बागमती प्रदेशका सचिव छिन्ताङले संघीयता, धर्मनिरपेक्षाता, मौलिक हक, जस्ता देशमा देखिएको परिवर्तन माओवादी जनयुद्धको जगमा भएको बताए ।
उनले संघीयता आफ्नो ठाउँ आफैं बनाउन ल्याएको कार्यक्रम रहेको समेत बताए । कार्यक्रममा प्रदेश सदस्य सुजन लामा, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छलाल जिम्बा (संसार), नेता अमृत योन्जन लगायत वडा तथा टोल कमिटीका पदाधिकारी र कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।