काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहिबारको राष्ट्रिय सभाको बैठक अवरोध गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणबारे सरकारको तर्फबाट यथार्थ जवाफ आउनु पर्ने र त्यसमा उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने माग गर्दै एमालेका राष्ट्रिय सभाका सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् । साउन ३ गते राजश्व अनुसन्धान बिभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा झण्डै सय किलो तस्करीको सुन समातेको थियो ।

यसैमा एमालेले छानबिन समिति बनाउन माग गरेको हो । एमालेले यही विषयलाई लिएर प्रतिनिधि सभाको बैठक पनि अवरुद्ध गर्दै आइरहेको छ ।सुन प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेपनि सुन कसले ल्याएको हो भन्ने मुख्य ब्यक्ति भने पक्राउ परेका छैनन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय