काठमाडौं। राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान) ले विगतका वर्ष झैँ यस पटक पनि अन्तर ‘विद्यालय स्तरीय सामूहिक लोक नृत्य प्रतियोगिता’ र एसइई सम्मान २०७९ कार्यक्रमको छैटौँ संस्करण गर्ने भएको छ ।

जोरपाटीको नारायण्टारस्थित छिमेकी पार्टी प्यालेसको हलमा आगामी साउन २६ मा हुन लागेको उक्त कार्यक्रममा सिन्धुपाल्चोक र काठमाडौँ जिल्लाका ४० वटाभन्दा बढी विद्यालयबाट सहभागिता जनाउने अनुमान गरिएको छ ।

कार्यक्रममा पाँच सय भन्दा बढी विद्यार्थीहरूले एउटै मञ्चमा प्रतिभा सार्वजनिक गर्ने निसानका अध्यक्ष शौर्यनाथ आचार्यले जानकार िदिए । यसैगरी, कार्यक्रममा नृत्य तर्फ प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यालयलाई नगद रु २०,०००, १५००० र १०,००० सहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने निसानका महासचिव नवराज सापकोटाले बताए । उनका अनुसार थप ५ टिमलाई सान्त्वना पुरस्कार स्वरूप शिल्ड प्रदान गरिने छ ।

यस्तै, एसइई २०७९ सम्मान कार्यक्रम अन्तर्गत निसानका सदस्य विद्यालयमध्ये एसइई २०७९ मा सामेल भएर ४ जि.पि.ए ल्याउने विद्यालय र विद्यार्थीहरूलाई विशेष सम्मान गरिनुका साथै ओैसत जि.पि.ए.का आधारमा उत्कृष्ट रिजल्ट ल्याउन सफल तीन विद्यालय, हरेक विद्यालयबाट उत्कृष्ट जी.पी.ए.ल्याउने विद्यार्थी तथा निसान सदस्य विद्यालयमध्ये एसइई २०७९ मा विषयगत उत्कृष्ट नतिजा ल्याउने शिक्षकलाई समेत सम्मान गरिने भएको छ।

निसानले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका निमित्त विभिन्न समयमा उत्कृष्ट कार्यक्रम गर्दै आइरहेको र यस वर्ष उक्त कार्यक्रमका अवसरमा समाजमा शिक्षा क्षेत्रमा विशेष योगदान पुर्‍याउनुहुने व्यक्तित्वहरू, सामाजिक ब्यत्तित्वहरु र सांस्कृतिक क्षेत्रमा योगदान पुर्‍याउने संस्थालाई पनि सम्मान गरिने कार्यक्रमका संयोजक अर्जुन दाहालले बताए।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय