काठमाडौं । नेपाल तामाङ कलाकार संघले बागमती प्रदेश सरकारमा सहभागी तामाङ समुदायबाट मन्त्री भएका ३ जना मन्त्रीहरुलाई सम्मान गरेको छ । शनिवार आयोजित एक कार्यक्रममा तामाङ समुदायबाट वाग्मती प्रदेशमा मन्त्री भएका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा, खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री तिर्थ लामा र सामाजिक विकास मन्त्री कुमारी मोक्तानलाई सम्मान गरेको हो ।

तामाङ समुदायको पहिलो गायक, लोक सम्राट चन्द्रकुमार मोक्तानको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा मन्त्रीहरुलाई सम्मान गर्नुका साथै विश्वको सर्बोच्च शिखर सगरमाथा आरोही पेमा टासी तामाङलाई समेत सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै अधिंकाशं व्यक्तिहरु हाल तामाङ समुदायको आत्मा सम्मानमा ठेस पुग्ने गरि अभिव्यक्ति दिने भगवती पाण्डे विरुद्धमा खनिएका थिए भने तामाङ समुदायको आफ्नै भाषा, धर्म, संस्कार र संस्कृति भएकाले तामाङ समुदायको संस्कार माथि हमला गर्नेलाई तुरुन्तै कार्वाही गर्नुपर्ने सरकार समक्ष उनीहरुको माग छ।

नेपाल तामाङ कलाकार संघको अध्यक्ष विश्व दोङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम संघको महासचिव रोशन फ्युपाले सञ्चालन गरेका थिए।

कार्यक्रम नेपाल तामाङ घेदुङको संघीय अध्यक्ष मोहन गोले अन्तर्राष्ट्रिय तामाङ परिषद्का महासचिव टासी वरिष्ठ संगीतकार शिला बहादुर मोक्तान ,तामाङ कलाकार संघको सल्लाहकार वरिष्ठ गायक प्रदिप बोम्जन,वरिष्ठ गायक रोज मोक्तान वरिष्ठ गायक प्रेम लोप्चन,तामाङ चलचित्र संघकी उपाध्यक्ष भुईसाल लामा,तामाङ चलचित्र संघका अध्यक्ष आस्मान वाइवा, म्हेन्दो माया कलाकार संघको अध्यक्ष राम गोम्जा,वाइवा समाजका अध्यक्ष विरेन्द्र तामाङ वाइवा लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय