काठमाडौं । भारी वर्षाका कारण काठमाडौं उपत्यका लगायत देशभरि नदीहरूमा जल सतह बढ्दो क्रममा रहेको छ । बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन उपत्यकाका नदी किनारमा बसोबास गर्ने बासिन्दालाई बाढी पूर्वानुमान महाशाखाले सूचित गरेको छ ।
उपत्यकाको बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षाका कारण नदीहरूको जल सतह बढिरहेको छ ।


भारी वर्षापछि विष्णुमती, धोविखोला, मनोहरा लगायतमा जल सतह सतर्कता तहमा पुगेकोले नदी तटीय क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।










