काठमाण्डौ । निर्वाचन आयोगले तोकिएको समयमै चुनाव नभए स्थानीय सरकार सञ्चालनमा सङ्कट आउने भन्दै दलहरूलाई सचेत गराएको छ ।

आयोगले राष्ट्रिय सभा चुनाव, मतदाता नामावली र पालिकातहको चुनावबारे छलफल गर्न बोलाएको सर्वदलीय बैठकपछि विज्ञप्ति निकालेर समयमै चुनाव नभए पालिका तह सञ्चालनमा सङ्कट आउने उल्लेख गरेको छ ।

जनप्रतिनिधिको पाँच वर्षे पदावधि आगामी जेठ ५ गते सकिने र पालिकाको चुनाव गर्न कम्तीमा ५३ क्रियाकलाप सम्पन्न गर्नुपर्ने भएकाले कानुनतः १२० दिन आवश्यक पर्ने भएकाले माघको पहिलो हप्ताभित्रै मिति नतोके प्राविधिक, व्यवस्थापकीय एवम् व्यावहारिक दृष्टिले चुनाव गर्न कठिन हुने भएकाले गम्भीरतापूर्वक लिन आयोगले दल तथा सरोकारवाला सबैको ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि, सर्वदलीय बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले तोकिएकै समयमा निर्वाचन गर्नुको विकल्प नरहेको भन्दै माघको पहिलो हप्ताभित्रै मिति तोक्नुपर्ने बताएका थिए ।

बैठकमा राजनीतिक दलका नेताहरुले निर्वाचन आयोगले प्रस्तावित गरेको वैशाख १४ गते भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न हुनेगरी मिति घोषणा गर्न सरकारलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय