काठमाडौं । प्रहरीले काठमाडौंको नागढुंगाबाट ३५ लाख रूपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद गरेको छ ।

भैरहवाबाट काठमाडौं आउँदै गरेको बसमा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ। उक्त रकम लिन आइपुगेका २ जनालाई नयाँ बसपार्कबाट पक्राउ गरिएको थियो । यसको अनुसन्धानमा थप ७ जना पक्राउ परेका छन् ।

यसअघि बिहीबार प्रहरीले भक्तपुरबाट पनि १५ लाख रूपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद गर्नुका साथै ९ जनालार्ई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथबाट पैसा छाप्न प्रयोग गरिएको मेसिन पनि बरामद गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय