काठमाडौं । राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल(निसान)ले अन्तर विद्यालय स्तरीय छैटौं सामुहिक लोक नृत्य प्रतियोगिता र माध्यामिक शिक्षा परिक्षा (एसईई) (२०७९) सम्मान कार्यक्रम – २०८० शुक्रबार छिमेकी प्यालेस, नारायणटार काठमाडौँमा सम्पन्न गरेको छ ।

निसानले गरेको छैटौं सामुहिक लोक नृत्य प्रतियोगितामा नेपालय पब्लिक इङलिस स्कुल प्रथम भएको छ । ३५ वटा विद्यालय सहभागीता रहेको प्रतियोगितामा जीवन तारा एकेडेमी द्वितीय भएका छन् भने गोकर्णेश्वर लाइट एकेडेमी तृतीय भएका छन् । प्रतियोगितामा सहभागीलाई क्रमस प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यालयलाई नगद रु २०,०००, १५००० र १०,००० सहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ, भने थप ५ टिमलाई सान्त्वना पुरस्कार स्वरूप शिल्ड प्रदान गरिएको थियो ।

राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल(निसान)मा सदस्य रहेका विद्यालयमध्येबाट माध्यामिक शिक्षा परिक्षा (एसईई)–२०७९ मा उत्कृष्ट रिजल्ट ल्याउन सफल विद्यालय, शिक्षक र विद्यार्थीहरुलाई गरिएको छ । एसईई मा ४ जि.पि.ए ल्याउने विद्यालय र विद्यार्थीलाई विशेष सम्मान गरिनुका साथै ओैसत जि.पि.ए.का आधारमा उत्कृष्ट रिजल्ट ल्याउन सफल तीन विद्यालय, हरेक विद्यालयबाट उत्कृस्ट जी पी ए ल्याउने विद्यार्थी तथा निसान सदस्य विद्यालयमध्ये एस.इ.इ.–२०७९ मा विषयगत उत्कृस्ट नतिजा ल्याउने शिक्षकलाई समेत सम्मान गरेका छन् ।

राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल(निसान) अध्यक्ष सौर्यनाथ आचार्यको सभापतित्वमा भएको सो कार्यक्रमको प्रमुख अतिथि काठमाडौं क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य माननीय सन्तोष चालिसे, विशिष्ट अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल लगायत प्याव्सनका विभिन्न पदाधिकारीहरु, गोकर्णेश्वरका जनप्रतिनिधिहरु, शिक्ष शाखा प्रमुखहरु, विभिन्न विद्यालयका प्रधानाध्यपक तथा शिक्षक शिक्षिकाहरु, विद्यार्थीहरु र पत्रकारहरु सहभागी थिए ।

कार्यक्रम संचालक महासचिव नवराज सापकोटा र उपमहासचिव घनेन्द्र भट्टराईले गरेको थियो । निसानका बरिष्ट उपाध्यक्ष अरुण पौडेलले स्वागत मन्तव्य राखेका थिए । विद्यालयहरुका नृत्य निर्देशकलाई सम्मान गर्नुका साथै सो कार्यक्रममा विभिन्न सामाजिक कामहरु गरेको भन्दै शिखर छाहारी साँस्कृतिक कला केन्द्रलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय