♦जीवन तामाङ
काभ्रे । काभ्रेको धुलिखेल नगरपालिका–१२, साविक शंखुपाटी चौर गाबिस वडा नं. ५ एक्लेखेतका हर्क बहादुर तामाङ ६७ बर्षपछि घर फर्केका छन् । गर्बु तामाङ को नाति सिंह ध्वज तामाङको जेठो छोरा हर्क २०१५ सालदेखि घर परिवार छोडी बेपत्ता भएका उनी ९४ बर्षको बुढो उमेरमा आफ्नो जन्म घर फर्केका हुन् ।
हर्क पारिवारिक विवाद भएपछि घर परिवार छोडेर भारतको सिलगुडी पुगेका थिए । हर्कले भने, ‘भारतको सिलगुडीमा पुगेपछि भारतीय सेनामा बि. एस्. एफ. फोर्समा जागिर खाई रिट्रायर समेत भईसक्यो । भारतमा पुगेर दोश्रो विवाह ग¥यो तीन छोरा दुई छोरी छन्, जेठी छोरीको निधन भईसक्यो र बाँकी तीन छोराहरुमा जेठो छोरा र कान्छो छोरा हाल आर्मीमा जागिर छन् । माईलो छोरा आर्मी हुन नसकेपछि कुकमा हेट सेफको काम गरि रहेको छ ।’


हर्कले नेपालमा हुँदा नै विवाह गरिसकेका थिए । श्रीमतीको पेटमा छ महिना को बच्चा हुँदा घर छोडी गएको हर्कले बताए । अहिले उनको नेपालमा एक छोरा रहेको छ । नेपालमा रहेको छोराको नाम नवल बहादुर तामाङ हो । आहिले नवल बहादुरको आमा हर्क बहादुरको जेठी श्रीमतीको मृत्यु भैसकेको तामाङ बताए ।
लामो समय ६७ बर्षको उमेर पछि आफ्नो बुवा घर फर्केपछि खुसी लागेको नवल बहादुरले बताए । बुढेसकालमा बुवा घर फर्केपछि खुसी हुदै उनिहरु धुलिखेल नगरपालिका–१२ मा बसोबास गर्दै आइरहेका छन् ।










