काभ्रे । भ्रष्टाचारीलाई कुनै पनि हालतमा छोड् नहुने भन्दै युवा विद्यार्थी नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी (अखिल क्रान्तिकारी), काभ्रेले सरकारको ऐक्यवदतास्वरुप संकलन गरिएको युवा विद्यार्थीहरूको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय, काभ्रेमार्फत् गृह मन्त्रालय, सिंहदरबारलाई बुझाएको छ ।

अखिल क्रान्तिकारी काभ्रे जिल्ला अध्यक्ष विजय लामा र जिल्ला इन्चार्ज निर्मला गौतमको टोलीले मङ्गलवार धुलिखेललस्थित जिल्ला प्रशासन कार्यालयमार्फत् गृह मन्त्रालयलाई भ्रष्टाचारीलाई नछोड्न नमिल्ने भन्दै संकलन गरिएको युवा विद्याथीहरूको हस्ताक्षर बुझाएको हो ।

गृह मन्त्रालय, सिंहदरबारलाईलाई प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलमार्फत् अहिले सरकारले गरेका भष्ट्रचार मुक्त राष्ट्र बनाउने अभियानमा ऐक्यवदता रहेको भन्दै युवा विद्याथीहरूले संकलन गरेको हस्ताक्षर सरकारलाई बुझाइएको अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष लामाले जानकारी दिए ।

पत्र

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय