महाभारत, काभ्रे । जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिकाको अब आफ्नै प्रशासकीय भवन बन्ने भएको छ ।
शुक्रबार जिल्लाको महाभारतस्थित देविटारमा सोही गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले प्रशासकीय भवनको शिलान्यास गरेको हो ।
गाउँपालिका अध्यक्ष जिम्बाले प्रशासकीय भवन नेपाल सरकार र महाभारत गाउँपालिकाको साझेदारीमा बन्न लागेको बताए । उनले भवन आर्थिक वर्ष २०७८/८९ देखि २०८०/८१ सम्म सम्पन्न हुने गरि सम्झौता गरेको जानकारी दिए ।
अध्यक्ष जिम्बाका अनुसार उक्त प्रशासकीय भवन ६ करोड १० लाख ४३ हजार २० रुपैयाँमा निर्माण हुने छ ।