पनौती, काभ्रे । जिल्लाको ऐतिहासिक र पुरातात्विक क्षेत्र पनौतीमा बाह्र वर्षमा एक पटक लाग्ने कमर मेला आज (शनिबार)बाट शुरु भएको छ ।                                                                                                                    मकर मेलाको पहिलो दिनमै पनौती–७ स्थित् त्रिवेणीघाटमा स्नान तथा दर्शन गर्ने भक्तजन तथा दर्शनार्थीको विहानैदेखि घुइँचो लागेका छन् ।

कोही भक्तजन चिसो मौसमा पनि स्नान गर्न व्यस्त छ भने कोही मन्दिर दर्शनको लागि खाली खुट्टामा लाइन बसिरहेका छन् ।  अर्कातर्फ बाबाहरु गाँजा, भाङको सेवन गर्दै मस्तमगन छन् । कोही जाडो छल्न चोक र मठमन्दिर तथा परिसरमा दाउरा बालेर धुनी जगाई आगो तापिरहेका छन् ।

पनौतीको विहानी मौसमा १० मिटर परको दृश्यसमेत प्रष्टसँग नदेख्ने गरी हुस्सु लागेको छ । तैपनि भक्तजन तथा दर्शनार्थीलाई त्यसको कुनै पर्वाह देखिदैन । सबै आफ्नै व्यस्तमा छन् । कोही स्थान, दर्शन गर्नतिर भने कोही टिकटक आदि बनाइरहेका छन् ।  जिल्ला प्रशासन कार्यालय र पनौती नगरपालिकाले स्वास्थ्य मापदण्डको पालना गरी सार्वजनिकस्थलमा भीडभाड नगर्न आग्रह गरेको छ ।

त्यस्तै कोरोना संक्रमणलाई मध्यनजर गर्दै यस पटक मेला स्थगित गरिएको तथा स्वास्थ्य मापदण्ड पालना गर्दै एक पटकमा २५ जना भन्दी बढीले स्नान गर्न नपाउने गरी व्यवस्था मिलाएको भनिएका छन् ।

तर त्रिवेणीघाट क्षेत्रमा दर्शनार्थीले यस्तो कुनै नियम पालन गरेको देखिदैन । त्यसको दृश्य देख्दा यस्तो लाग्छ कि कुनै भक्तजन तथा दर्शनार्थीलाई कोरोना भाइरस (कोभिड–१९)को कुनै डर नै छैन । त्यसैले होला, यस क्षेत्र कोरोना सम्बन्धी स्वास्थ्य मापदण्ड तथा समाजिक दुरी कायम हुन नसकेको ।  त्रिवेणीघाट क्षेत्रमा करिब ३० जनाको संख्यामा खटिएको स्वयंमसेवक र प्रहरी प्रशासन पनि मौन जस्तै देखिन्छन् ।

नगरपालिकाले मकर स्थानको लागि लीलावती र पुण्यमाता खोलामा स्नान गर्न मिल्ने बनाइएको छ । एकै पटक धेरै जना हुँदा स्नान गर्न सहज होस् भनी खोलाभित्र वाँस राखिएका छन् ।

त्रिवेणीघाटमा नुहाएर त्यहाँको जल हत्केलामाराखेर उत्तरपट्टी रहेको कुञ्जगिरी पर्वत अर्थात् गोरखनाथडाँडास्थित् गारखनाथलाई चढाउँदा पुण्य मिल्ने र मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ ।  मकर मेला भर्न छिमेकी मुलुक भारतबाट समेत साधुसन्त आइसकेका छन् । माघ महिनाभर हर्षोल्लासका साथ मनाईने सो मेलामा भारतीय तीर्थलुसमेत आइपुगेका छन् ।

मकर मेलाको अवसरमा त्रिवेणीघाट क्षेत्रमा पुजा सामाग्री लगायतका पसल राख्नेहरु पनि उत्तिकै छन् । 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय