काभ्रे । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), काभ्रेले यौन दुव्र्यवहार शिक्षकलाई कारवाही गर्ने माग गरेको छ।
काभ्रे जिल्लाको धुलिखेल नगरपालिका–७ का सञ्जिवनी माबिका शिक्षकले कक्षा ६ मा अध्ययनरत छात्रा माथि यौन दुर्ववहार गर्न खोजेको घटना प्रति आफ्नो संगठन गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।


“सम्बन्धित निकायलाई तत्काल सत्य तथ्य पत्ता लगाई उक्त जघन्य अपराधमा संलग्न शिक्षकलाई कडा भन्दा कडा कारवाहीको हाम्रो संगठन जोडदार माग गर्दछ । यो वा त्यो वहानमा अपराधीलाई उन्मुक्ति दिन खोजेमा अपराधीलाई कारवाही दिलाउन हाम्रो संगठन जस्तोसुकै कठोर कदम चाल्न पनि पछि हट्दैन भन्ने कुराको पनि सम्बन्धित निकायलाई हाम्रो संगठन जानकारी दिन चाहन्छ ।” विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति











