माल्टा । माल्टामा रहेका नेपालीहरुको हकहितका लागि स्थापना भएको नेपाल कम्युनिटी माल्टाको कार्यालय आजदेखी संचालनमा आएको छ । नेपाल कम्युनिटी माल्टाका संयोजक ललित जंग पाण्डेको अध्यक्षतामा उक्त कार्यालयको उद्धघाटन भएको हो ।

कार्यक्रममा बोल्दै संयोजक पाण्डेले माल्टामा रहेका सम्पुर्ण नेपालीहरुलाई दुःख सुखमा साथ दिने हरेक विकृती र विसंगतिलाई निर्मुल पार्ने र नेपाली धर्मसंस्कृति, कला, भाषा र भेषभुषाको पहिचान स्थापित गरेर समाजमा आईपरेका जुनसुकै समस्याको समाधान गर्नका खातिर यो कम्युनिटी गठन भएको बताए ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ माल्टाका कार्यबहाक अध्यक्ष मधु गरुङ पुर्व अध्यक्ष एवम् नवनिर्वाचित आइसिसि भुवन अर्याल,जन सम्पर्क समितिका कार्यबाहक अध्यक्ष उज्वल केसी, जन प्रगतिशील मंच माल्टाका महासचिव अशिम लोप्चन गैर आवासीय नेपाली संघ माल्टा पुर्व महासचिव रोशन गिरी, आइसिसि सदस्य नविन गिरी, समाजसेवी सविता बस्नेत, माल्टामा रहेका विभिन्न सामाजिकब संघ संस्थाका प्रतिनिधिहरु, भातृ संगठनका प्रतिनिधिहरु, व्यवसायीहरु, बुद्धिजिबिहरु, पत्रकार लगायत अन्य ब्यक्तिहरुको उपस्थिति रहेका थिए ।

कार्यक्रममा सचिव विरो जंग पाण्डेले संचालन गरेको थिए । उक्त कार्यक्रमले कम्युनिटीको प्रवक्तामा प्रकाश बगाले मानोनीत गरेका छन् । सदस्य सचिवमा विरो जंग पाण्डे र अन्य २५ जना सदस्य रहने संयोजक पाण्डेले बताए ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय