खानीखोला (काभ्रे) । काभ्रेको डाँडापारी खानीखोला गाउँपालिकामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पुगेको छ । नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश, नेपाल विद्युत प्राधिकरण काभ्रे, ललितपुर र दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारीको विषेश सहयोगमा लाइन विस्तार गरी पहिलो पटक खानीखोलामा केन्द्रिय विद्युत प्रसारण लाइन पुर्याएको हो ।

पुर्व उर्जा राज्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय सुर्यमान दोङ र नेपाल विद्युत प्राधिकरणका प्रबन्धक कुलमान घिसिङको विषेश पहलमा केन्द्रिय विद्युत प्रसारण लाइन पुगेको खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) बताए । खानीखोला गाउँपालिकामा ललितपुर जिल्लाको महांकाल गाउँपालिका वडा नम्बर ६ देवीडाँडा हेल्टार हुँदै केन्द्रीय लाइन लगिएका विद्युतको विभिन्न ठाउँमा आज सफल परीक्षण गरिएका छन् ।

खानीखोला गाउँपालिकाको वडा नम्बर ७ देउपाल दोभान, बोरनडाँडा, बोरनबेशी, महांकाल, खोरभञ्ज्याङ, वडा नम्बर ६ को फ्याङखोला, लुईचे माझीटार र वडा नम्बर ५ को केन्द्र तालढुंगा क्षेत्रमा केन्द्रीय बिजुली परीक्षण गरिएको छ ।

पालिका अध्यक्ष ईन्द्र बहादुर थिङ (छिन्ताङ) को उपस्थितिमा आज केन्द्रीय लाईन परीक्षण गरिएको हो । सबै बस्तीमा विद्युत जोड्नका लागि घरघरमा मिडर बक्स जडान गनुपर्ने र त्यपछि मात्रै बति बाल्न मिल्ने भएकोले सबै वडा अध्यक्षहरुसंग समन्वय गरि तत्कालै नेपाल विद्युत प्राधिकरणको प्रक्रिया बमोजिम मिटर बक्स जडान गर्ने कार्य गर्ने अध्यक्ष थिङले बताए । विद्युतको पोल गाड्न र तार जोड्न बाँकी रहेको स्थानहरुमा काम गर्नका लागि नेपाल विद्युत प्राधिकरणले दोस्रो ठेक्का गरी काम अगाडि बढाई सकेको अध्यक्ष थिङले बताए ।

गाउँमा प्राधिकरणको विद्युत सेवा पुगेपछि स्थानीयबासी हर्षित भएका छन् । लामो समयदेखि स्थानीयरूपमा सञ्चालित लघुजलविद्युत केन्द्रको विद्युतको भरमा रहेको गाउँमा प्राधिकरणले विद्युत सेवा विस्तार गरेपछि जनजीवन सहज भएको एक स्थानीयले बताए । भौगोलिक विकटताका कारण लघु जलविद्युत केन्द्रमा समयस्या आउँदा मर्मत सम्भारमा हैरानी खेप्नु पर्ने बाध्यता रहेको र बर्खायमको समयमा बढी समस्या हुन्थ्यो अब सहज भएको स्थानीय बताए ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय