काठमाडौँ । वैदेशिक रोजगारीका सिलसिलामा माल्टामा कार्यरत नेपाली मजदुरहरुको समुहले दुई मृगौला पीडितलाई आर्थिक सहयोग पठाएका छन् ।
तेज विक्रम खड्काले माल्टा रहेका मजदुरहरुको ग्रुप तयार गरि संकलन गरेको रकम काठमाडौंकी दिल माया थापा मगर र दाङका नरेन्द्र बहादुर जिसिलाई जनही सैतीस हजार पाँच सयसैतीस हजार पाँच सय उपचारको सहयोग गरिएको हो ।


विगत केही बर्ष देखी मृगौला फेल भएको दुई जनाकै आर्थिक अवस्था कमजोर भएको कारण उपचारमा समस्या आएकोले परिवारले सहयोगको अपिल गरेसँगै माल्टा रहेको नेपाली मजदुरहरुले रकम जुटाएको जन प्रगतिशिल मंच माल्टाका महासचिब ग्लोेबल खबरका माल्टा प्रतिनिधि आशिम लोप्चन बताए ।










