काभ्रे । लगातारको वर्षाका कारण काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न क्षेत्रको जनजीवन प्रभावीत बनेको छ । जिल्लाको विकट क्षेत्र महाभारत र खानीखोला जाने सडक पूर्णरुपमा अवरुद्ध बनेको छ भने अरनिको र वीपी राजमार्गका विभिन्न स्थानमा आएको पहिरोका कारण सडक अवरुद्ध हुँदा एकतर्फी सडक सञ्चालन भईरहेको छ ।
बनेपाको पुलबजार क्षेत्र बिहीबारबाटै अवरुद्ध भएको छ । साना सवारी साधन अन्यत्र भएर सञ्चालन भईरहेको प्रहरीले जानकारी दिएको छ ।अरनिको राजमार्गको खावा क्षेत्रमा गएको पहिरोले एकतर्फी सडक संचालन भएको छ । वीपी राजमार्गको पातलेखेतमा रुख ढलेका कारण केहीबेर सडक अवरुद्ध भए पनि अहिले सञ्चालनमा आएको छ ।


नागरिकहरुलाई सुरक्षित रहन र जरुरी नभई यात्रा नगर्न, यात्रामा निस्कदा सडक, खोलानाला र खोल्सामा आएको पानीको वहावबाट बच्न जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुरोध गरेको छ । कुनै विपत्तिको अवस्था आएमा तत्काल खवर गर्न सूचित गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।
सडकमा आउन सक्ने अवरोध हटाउन मेशिनरी सामानहरु पनि तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।जिल्ला विपत्त ब्यवस्थापन समितिले विपद्पछिको खोज तथा उद्धार र अन्य तयारीका लागि टिम तयारी अवस्थामा राखेको छ ।










