महाभारत (काभ्रे) । नेकपा (माओवादी केन्द्र)को ’जनतासँग माओवादी  विशेष रूपान्तरण अभियान’को काभ्रेको महाभारत गाउँपालिकामा शनिबार उद्घाटन गरेका छन् ।

आज माओवादी केन्द्रले महाभारत गाउँपालिकाको ८ वटा वडा मध्ये ७ वटा वडामा अभियानको उद्घाटन भएका छन् । ’जनजनमा माओवादी, मनमनमा माओवादी’को नारासहित हरेक गाउँबस्ती र जनताको घर घरमा पुग्ने लक्ष्यसहित माओवादी केन्द्रले आजदेखि ३ महिने अभियान सुरु गरेको हो ।

अभियान तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरणरविस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लागि कोष स्थापना गरिने छ ।

दोस्रो चरणमा पाँचघन्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोल टोलमा युवा भेला, स्थानीय स्तरका सरकारी तथा सामाजिक सङ्घ संस्थासँग अन्तरक्रिया गरिनेछ । तेस्रो चरणमा जनप्रदर्शन, जनसङ्घर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यबद्धता एवं टोल सभा गरिने छ ।

महाभारत गाउँपालिकामा यादव ढुंगेल (क.जमिन)को नृेतत्वमा पार्टीका गाउँपालिका अध्यक्ष लगायत पदाधिकारीहरु, वडा अध्यक्षहरु र सक्रिय नेता तथा कार्यकर्ताहरुलाई कार्यक्षेत्र विभाजन गरि खटाएका छन् । केही अन्तरी कारण गाउँपालिकाको ३ नम्बर वडामा अभियान आज उद्घाटन हुन सकेन ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय