पनौती, काभ्रे । प्रहरीले मकर मेलाको लागि बनाइएको टहरा भत्काइएको छ । भारतीय मुलका २२ वर्षीय रविन्द्र दास बानियाँले मकर मेला अवधिभर पुजा सामाग्री ब्यापार गर्न बनाएको टहरा भत्काइएका छन् ।
पनौती प्रहरी चौकीको साई रुपाल अधिकारीको नेतृत्वको टोलीले शुक्रबार राती १० बजेको समयमा टहरा भत्काइएको हो ।


पीडित बानियाँले प्रहरीले विना जानकारी भत्काइएको टहराको विषयमा केही कारण नखुलाएको बताए । यस विषयमा साई अधिकारीसँग बुझ्दा उनले बाटोको छेउमा टहरा बनाएकाले भत्काइएको जवाफ दिए ।
तर उनले भने जस्तो नभएर बानियाँको टहरा आसपासमा अन्य पसलहरु निर्बाध संचालन भइरगेको देखिन्छन् । साई अधिकारी नेतृत्वको टोलीले त्यस आसपास भएको पसलहरु हटाइएका छैनन् ।
भारत स्थायी घर भइ काठमाडौको कालीमाटीमा पुजा समाग्री तथा कपड़ा ब्यापार बस्दै आएको बानियाँले मकर मेलाको अवसरमा ब्यापार गर्ने उद्देश्यले पनौतीको गोरखनाथ डाँडाको फेदिमा टहरा बनाएका थिए ।
बानियाँ र अर्का साथी फगुनी दास मिलेर पुजा सामग्री र कपडा राख्ने टहरा बनाएका हुन् । उनीहरुले मकर मेला अवधि (माघ महिना) भर पसल राख्नको लागि जग्गा धनी राजारामसँग ५ लाखमा सम्झौता गरि उक्त स्थानमा टहरा बनाएका थिए ।
पीडित बानियाँले जग्गा धनीलाई २ लाख ५० हजार समेत तिरिसकेको बताए । त्यस्तै उनले टहरा बनाउँदा ३० हजार खर्च लागेको जानकारी दिए ।
प्रहरीले भत्काइएको टहरातिर देखाउदै उनले भने, ‘यहाँ पसल राख्नको लागि बैन स्वरुप जग्गाधनी राजारामलाई २ लाख ५० दिइसकेको छ भने टहरा बनाउदा बाँस, त्रिपाल, कामदार ज्याला आदि गरेर ३० हजार खर्च भएको छ ।’
पीडित बानियाँले गहँभरी आँसु पार्दै टहरामा पसल राख्न्न पाउनु पर्ने र यदी नमिल्ने भएमा जग्गा धनीलाई दिएको रकम फिर्तासँगै टहराको क्षतिपूर्ति मिलाईदिनु पर्ने माग गरेको छ ।
स्थानीयले एक जनाको मात्रै टहरा भत्काएर प्रहरीले ज्यादती गरेको बताए । साई अधिकारले कसैको केही नगर्ने र कसैको टहरा भत्काएर हिरोइजम देखाउन खोजेको भन्दै स्थानीय समेत उनीसँग आक्रोशीत छन् ।
‘प्रहरीले कोरोनालाई मध्यनजर गरेर पसल राख्न नदिने हिसाबले टहरा भत्काइएको हो भने त्यस सडक क्षेत्रमा कुनै पसल संचालन गर्न दिनु हुँदैन थियो । तर अहिले त्यस क्षेत्रमा पसलहरु संचालन भइ रहेका छन्’, एक स्थानीयले भने, ‘यसले साई अधिकारीको नियत माथि स्वाभाविक रूपमा प्रश्न उठेको छ ।’
राती आएर बानियाँको मात्रै टहरा किन भत्काइयो यसको कारण साई अधिकारीले बताउनु पर्ने स्थानीयको भनाइ छ ।