
काठमाडौ । हिमालय टीभी एचडीबाट प्रशारण भएकोे ‘द भ्वाइस किड्स’कोे पहिलोे सिजनकोे उपाधि जेनिश उप्रेतीले जितेका छन् ।
अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट टिम प्रमोदबाट अन्तिम प्रतिस्पर्धामा पुगेका जेनिशले ‘द भ्वाइस किड्स’कोे टाइटल जितेका हुन् ।


कोजहरु क्रमशः राजु, प्रविशा, मिलन र प्रमोदको टिमबाट २/२ जना प्रतिस्पर्धीले फाइनलमा प्रतिस्पर्धा गरेका थिए । शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट योे शोे प्रशारण हुँदै आएको थियो ।
विजेता बन्न सफल जेनिशले ट्रफी, नगद १५ लाखसहित विभिन्न पुरस्कार जितेका छन् ।
त्यस्तै फाइनलिष्ट सातै जनाले पनि ट्रफीसहित आकर्षक पुरस्कार पाएका छन् ।