♦ अमृत योञ्जन

काभ्रे । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी इन्द्रबहादुर थिङ (छिन्ताङ)ले माओवादी जनयुद्धले व्यवस्था फेरिएको र अब जनताको अवस्था फेरिने बताए ।

माओवादी केन्द्र महाभारत गाउँपालिका कमिटीको आयोजनामा देवीटारमा आयोजित राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रममा सहभागी कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

उनले पार्टीको काठमाडौमा सम्पन्न महाधिवेशनमा पनि जनताको अवस्था र गरीबीलाई उकास्ने बारे गम्भीर बहस भएको बताए । उनले हरेक स्थानीय तहमा नेता कार्यकर्ता राजनीतिसँगै उत्पादनसँग जोडेर सामाजिक, आर्थिक समृद्ध हुँदै समाजवादको दिशामा अघि बढ्ने गरि महाधिवेशनमा छलफल भएको बताए । अब कार्यान्वयनमो चरणमा रहेको उनेको भनाई छ ।

उनले जनताको हितको लागि लड्ने पार्टी माओावदी भएको दाबी गरे । अब माओवादी नयाँ ढंगले अघि बढ्ने समेत उनले बताए । उनले देश अहिले माओवादीले स्थापित गरेको एजेण्डामा चहिरहेको बताए ।

नेता छिन्ताङले जुन महाधिवेशनमा विचार तथा राजनीतिक बहससँगै जनताको गाँस, बास र कपासको बारेमा छलफल हुदैन भने त्यो मेला बाहेक अरु हुन नसक्ने बताए ।

‘एमालेको महाधिवेशनमा यी कुनै विषयमा कुरा उठेन केवल पहिला नै थाहा भइसकेको नेतृत्व चयनलाई मात्र औपचारिकता दिने काम भयो’, उनले भने, ‘जहाँ विचारको र राजनीतिक बहस भएन एमालेको महाधिवेशन भनिए पनि खासमा त्यो एउटा मेला मात्रै हो । कुनै विचार तथा राजनीतिक बहस नगर्ने एमालेले महाधिवेशनको नाम मान्छे थुर्पनुको अर्थ बुझेको छैन’

त्यस्तै उनले केपी ओली गणतन्त्रलाई स्थापित गर्ने बाटोमा हिड्न नचाहेकोले नेकपा फुटेको बताए । नेता छिन्ताङले ओलीले जनतामा अनेक भ्रम छर्दै भ्रष्टाचार गर्न दिन्न भन्ने तर उनैले भष्ट्रचारीलाई संरक्षण गरेर हिडेको आरोप लगाए ।

त्यसैगरी नेता छिन्ताङले कांग्रेस सधैँ गल्ती गर्ने पार्टी भएको र उनीहरुसँग जनताको हितमा कुनै एजेण्ड नभएको बताए । ‘माओवादी पार्टीले गल्तीलाई स्वीकार गरेर पुनः अघि बढ्छ । उनले भने, ‘हामीले संगठनको स्वरुप कस्तो हुनुपर्छ, पार्टीलाई कस्तो बनाउनु पर्छ, जनताको अवस्था परिवर्तनको विषयमा छलफल समेत गरेका छौं ।’

मदन र विपिभन्दा प्रचण्ड जननेता हो
नेता छिन्ताङले मदन भण्डारी र विपी कोइरालाभन्दा प्रचण्ड जननेता भएको दाबी गरे । प्रचण्डले पुरानो राजतन्त्रलाई फालेर संघीयता, धर्म निरपेक्षाता, समावेशी समानताको स्थापनासँगै मुलुकमा जनताको छोराछोरी राष्ट्र प्रमुख हुने वातावरण सिर्जना गरेको बताए ।

‘मदन भण्डारीले कुनै नौलो काम गरेको छैन । उनको एउटा दस्तावेज छ, जनता बहुदलीय जनवाद । यसको चुरो कुरा संवैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्र बाहेक केही होइन,’ उनले भने, ‘तैपनि एमालेहरु भण्डारीलाई जननेता भनिरहेका छन् । कांग्रेसले विपिलाई युग नायक भने पनि उनले खास नयाँ केही गरेको छैन ।’

उनले सिंहदरवारको अधिकारलाई गाउँमा लानु पर्छ भन्ने सिन्दातलाई स्थापना गरि व्यवहारिक रुपमा ल्याउने काम प्रचण्ड र माओवादी आन्दोलनको कारण भएको बताए । ‘यी सबै तथ्यका आधारमा पनि प्रचण्ड अरु भन्दा राजनेता तथा जननेता हो,’ उनले भने, ‘यो देशमा यति ठुलो परिवर्तन गर्ने प्रचण्ड नै हो ।’

नेता छिन्ताङले नेतृत्व केन्द्रिकरण हुँदा पार्टी एकिकृत हुने बताए । ‘नेतृत्वमाथि आलोचनाले थुपार्ने र पुरिदिने काम मात्रै पार्टी मजबुत हुदैनु, उनले भने, ‘नेतृत्वले गरेको सकारात्मक कामको स्वागत तथा गलतलाई सुधार गर्न सुझाव दिने र खबरदारी गर्नु पर्छ ।

उनले थपे, ‘नेताको काम मान्छेलाई बोलाउने र डो¥याउने मात्र होइन भिजन दिने हो ।’

भविष्य आफ्नै ठाउँमा खोजौ
प्रदेश सचिव छिन्ताङले अब हाम्रो भविष्य आफ्नै ठाउँमा खोज्नु र बनाउनु पर्ने बताए । त्यो किसानको होस् या शिक्षक, मजदुर, गरिब पिछडिएका जनता होस् सबैलाई सीप, क्षमता र उमेरको आधारमा रोजगारी बनाई आफ्नो र परिवारको खाडी मुलुक र बजार क्षेत्रमा नभई आफ्नै ठाउँमा खोज्नु पर्नेमा जोड दिए ।

‘अहिले आम मान्छेको चाहाना र बुझाइ शहरमा एक तले भए पनि घर र ४ आना जग्गा होस् भन्ने छ,’ उनले भने, ‘यस्तोमा सामान्य किसानदेखी शिक्षक लगायत कुनै पनि पेशामा रहेका सबै पर्छन् । यस्तो सोच्नेमा शिक्षक अलि अगाडी छ ।’

अहिलेको शिक्षा, स्वस्थ्य र रोजगारमा समस्या छ, त्यसलाई पूरा गर्ने माओवादीको अबको अभियान हुने समेत बताए । त्यस्तै उनले संघीयता आफ्नो ठाउँ आफै बनाउन ल्याएको कार्यक्रम भएको समेत बताए । संघीयतामा पालिका नेतृत्व गर्ने व्यक्ति सक्षम, सहि विचार र दृष्टिकोण भएको आएमा विकास राम्रो गर्न सकिन्छ भन्ने देखिसकेको उनले भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय