काठमाडौ । बालिकालाई बलात्कार गरेको अभियोगमा शिक्षक पक्राउ गरेको छ ।

१४ वर्षीय बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा रावाबेँसी गाउँपालिका–२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल पक्राउ गरेको हो ।

भाषा आधारभुत विद्यालय खार्पामा कार्यरत पोखरेललाई उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएका थिए ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक सागर शाहले छोरीलाई बलात्कार गरेको भन्दै पीडितकाका बुवाले गत बिहिबार उजुरी दिएको आधारमा आरोपित शिक्षकलाई पक्राउ गरिएको बताए ।

स्वास्थ्य परीक्षणका क्रममा पीडित बालिका २० हप्ताको गर्भवती रहेको खुलेको आफन्तले बताएका छन् ।

शिक्षक पोखरेलमाथि ९ भदौ यता पटक–पटक बालिकालाई बलात्कार गरेको अभियोग छ ।

प्रहरी निरिक्षक शाहले जिल्ला अदालतबाट आइतबार ७ दिनको म्याद थप गरेर पोखरेललाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय