काठमाडौं । सन् २०२२ मा नेपालका लागि पाँच खतरा विश्व आर्थिक मञ्चले औंल्याएका छन् । मञ्चले यसैसाता सार्वजनिक गरेको वर्ल्ड रिस्क रिपोर्टमा विभिन्न पाँच कारणले नेपाल जोखिममा पर्न सक्ने चेतावनी दिएका हुन् ।
उक्त प्रतिवेदनमा नेपालले भोग्नुपर्ने पाँच खतरमा बढ्दो बेरोजगारीले जनजीवनमा पार्ने असर, मानवको कारण हुने वातावरणीय खतरा, भूराजनीति र रणनीतिक स्रोतहरु, संक्रामक रोगहरु, प्रविधिगत असमानता तथा चुलिँदो आर्थिक अस्थिरता रहेका छन् ।
सर्वेक्षणको आधारमा ती खतरा औंल्याइएको विश्व आर्थिक मंचले जनाएको छ । वर्षेनी स्विटजरल्यान्डको डाभोसमा हुने मंचको विश्व सम्मेलनको छेकोमा प्रतिवेदन सार्वजनिक हुन्छ । तर, कोरोना महामारीले यसपटकको भौतिक सम्मेलन पोस्टपोन्ड भएको छ ।
अक्सफाममा आयमा असमानता वृद्धि हुँदै धनी र गरिब मुलुकबीच आर्थिक हिंसा सिर्जना हुनसक्ने चेतावनी पनि दिइएको छ ।
गहिरोरुपमा विभाजित अहिलेको विश्वका संरचना, प्रणाली र राजनीतिक रुचिहरु धनी र शक्तिशाली मुलुकको सुरक्षा हुने गरी निर्माण भएको समेत अक्सफामले प्रतिवेदनमा उल्लेख गरेको छ । यो प्रवृत्तिले विश्वका बहुसंख्यक गरिब मानिसलाई हानी पुग्ने समेत चेतावनी छ ।
महामारीको समयमा ९९ प्रतिशत जनसंख्या प्रभावित भैरहँदा धनीहरु झनै धनी बनेको प्रतिवेदनमा उल्लेख छ । अक्सफामको प्रतिवेदन प्रायः विश्व आर्थिक मञ्चको डाभोस सम्मेलन हुने छेकोमा सार्वजनिक हुन्छ तर, यसपटक कोभिडको कारण डाभोस सम्मेलन स्थगित भएको छ ।