विशाल श्रेष्ठ
दक्षिण कोरिया । सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको चौथो अधिवेशन जनवरी ३१ तारिखमा कोरोनालाइ मध्यनजर गर्दै जुम अनलाइनमार्फत हुने भएको छ ।

समाजका सचिव उत्सव खड्काले अधिवेशनको लागि सस्थागत सम्पुर्ण पूरा भइसकेको जानकारी दिए । त्यस्तै सल्लाहकार सन्जिब भण्डारीले पदाधिकारी चयनको प्रक्रिया पनि अघि बढिसकेको बताए ।

‘आपसि सहयोग , सद्भाव र सदाचार सिन्धुपाल्चोकवासी‌‌ मिलनको आधार’ नारा लिएर सात वर्ष अघि कोरियामा रहेका सिन्धुपाल्चोकबासी द्वारा स्थापना गरेको सस्थाले विशुद्ध नेपाल तथा कोरियामा सामाजिक कार्य गर्दै आएको छ ।

समाजले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्थासँग सहकार्य र समन्वय गर्दै आएका छन् ।

त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग समेत गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप, प्रकितिक प्रकोप साथै अहिलेको कोरोना लहरमा पनि नेपालको लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

समाजका नबिन श्रेष्ठले विभिन्न पेसामा आवद्ध सिन्धुपाल्चोकबासी, कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुलाई उपस्थितीका लागि अनुराेध गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय