काठमाडौं । नेपालमा थप १० हजार दुई सय ५८ जनामा कोरोना भाइरस सङक्रमण पुष्टि भएको छ ।

मंगलबार पीसीआर र एन्टिजेन गरेर २२ हजार आठ सय २८ जनाको नमूना परीक्षण गर्दा १० हजार दुई सय ५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित भएकामध्ये काठमाडौंमा ४ हजार ४ जना, ललितपुरमा ९७५ जना र भक्तपुरमा ५७० जना रहेका छन् ।

यस्तै, मंगलबार पाँच सय ६२ जना संक्रमित निको भएका छन् । योसंगै कोरोना सङक्रमणमुक्त हुनेको संख्या आठ लाख १७ हजार पाँच सय ४७ जना पुगेको छ ।

यस्तै, थप एक जनाकाे मृत्युु भएसंगै कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ६ सय २४ जना पुगेको छ ।

हाल, नेपालमा ३९ हजार ४४ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय