काभ्रे । काभ्रेमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमन्नबाट मण्डनदेउपुर नगरपालिकाका ४६ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.पुरुषोत्तम राज सेढाइका अनुसार मृतकमा माघ ३ गते संक्रमण पुष्टि भएको थियो ।
योसँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ९४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ४७ कोरोना संक्रमित थपिएको छ भने १२ जना संक्रमणममुक्त भएका छन् ।
हाल काभ्रेमा २ सय ७४ जना महिला र ३ सय ४९ जना पुरुष गरी ६ सय २३ जना सक्रिय संक्रमित रहेको छ ।