काभ्रे । पछिल्लो समय काभ्रेमा एक जनाको मृत्युसँगै कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ । यसैबिच काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी चक्रराज जोशी लगायतका टोली सार्वजनिक सावरी साधन र चोकहरुमा अनुमगनमा निस्किएका छन् ।
जिल्ला प्रशासन कार्यालय पटक–पटक सूचना जारी गरेपनि त्यसको प्रभाव सार्वजनिक सावरी सधान र स्थलमा नदेखिएपछि उनीहरु आफै अनुगमनमा निस्किएका हुन् ।
प्रजिअ पाण्डे नेतृत्वको टोलीले बनेपाको चारदोबाटोस्थित् रहेर अरनिको राजमर्गा हुँदै काठमाडौ जाने र आउनुको साथै विपी राजमर्गामा चल्ने सर्वाजनिक सवारी सधानमा चालक, सहचालक र यात्रुहरुले मास्क र स्वास्थ्य मापदण्ड पालना गरे नगरेको अनुगमन गर्दै सबैलाई अनिवार्य मास्क प्रयोग गर्न निर्देशन समेत दिएका छन् ।
त्यस्तै अनुगमन टोलीले चोकहरुमा व्यवसाय गर्ने साना व्यापारिहरुलाई पनि अनिवार्य मास्क लगाउन निर्देशन दिएको छ । त्यस्तै प्रजिअ पाण्डेले विना मास्क सर्वसाधारण, यात्रुलाई हिडडुल र व्यवसाय गरेको पाइएमा कानुन बमोजिम कार्वाही गरिनेमा सचेत गराएकी छिन् । प्रजिअ पाण्डेले अनुगमनको क्रममा अधिकांश यात्रु र सार्वजनिक स्थलमा हिडडुल गर्ने सर्वसाधारणले मास्कको प्रयोग नगरेको पाएको बताए । अनुमगनको क्रममा विना मास्क व्यवसाय गर्ने साना व्यवसायि र सार्वजनिक स्थलमा हिडिडुल गर्ने सर्वसाधारणहरुलाई मास्क समेत वितरण गरेका छन् ।
अनुगमन टोलीमा प्रजिअ पाण्डे र एसपी जोशीसँगै सहयाक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख प्रमिला श्रेष्ठ, ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोईराला लगायत रहेका थिए ।