
नमोबुद्ध, काभ्रे । कांग्रेस र एमालेका कार्यकर्ताहरु पार्टी परित्याग गरि नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । जिल्लाको नमोबुद्ध नगरपालिका-२ मा माओवादी केन्द्र नमोबुद्धले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरुमा कान्छा परियार, दिपक गतराज, कुमार तामाङ, शिव परियार, केशव परियार, टेकबहादुर तामाङ, सन्तोष परियार, सम्झना भुजेल, जितमान तामाङ, विष्णुबहादुर तामाङ, सरोज घतानी, जयराम धतानी, बलराम घतानी, प्रेम घतानी, चेतराम परियार, जेठा तामाङ, राजकुमारी तामाङ, सिंहबहादुर तामाङ, कुमाल विक, नवराज परियार, बलराम परियार, श्यामबहादुर तामाङ, सुनबहादुर दोङ, जनक बहादुर दोङ, मनविर मिजार लगायतका रहेका छन् ।


माओवादी केन्द्र नमोबुद्ध नगर कमिटीका अध्यक्ष मिन्डु लामाले नवप्रवेशीहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रममा अध्यक्ष लामाले कांग्रेस र एमालेले मुुलुकको हितमा कहिल्यै काम नगरेकोले आम युवा तथा जनसमुदाय माओवादी केन्द्रमा संगठीत हुनुपर्नेमा जोड दिए ।
उनले दलित तथा आदिवासी जनजातिको मुक्ति र अधिकारको लागि माओवादीले मात्र लडेको बताउँदै माओवादी रोज्ने सबैलाई पार्टीले उचित जिम्मेवारी दिने समेत बताए ।
कार्यक्रममा नगर उपाध्यक्ष तथा वडा नं. ७ का जननिर्वाचित वडा अध्यक्ष धर्मसिं लामा, पार्टीका पूर्व नगर अध्यक्ष रत्न लामा, नगर कमिटी उपाध्यक्ष नवराज अधिकारी, नगर सचिव ज्ञानेन्द्र देवकोटा, नगर सचिवालय सदस्य धावा लामा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमको सभापतित्व २ नं. वडा कमिटी अध्यक्ष रामजी घतानीले गरेका थिए भने सञ्चालन वडा कमिटी सदस्य अनिल लामाले गरेको थियो ।