काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

शनिबार पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको सचिवालयले जनाएको छ । अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आराम गरिरहेको सचिवालयको भनाइ छ ।

अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्यलाई पनि पोजिटिभ देखिएको छ ।

प्रचार विभाग उपप्रमुख विष्णु रिजालले अध्यक्ष ओलीलाई कोरोना पोजिटिभ देखिएपछि आइतबार हुने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको बताए ।

एमालेले प्रधानमन्त्रीको वक्तव्य तथा समसायिक राजनीतिक, आर्थिक र स्वास्थ्य क्षेत्रबारे वक्तव्यमार्फत धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय