•सुनिता दोङ तामाङ
इराक । आगामी फेब्रुअरी ४ तारिख शुक्रबारका दिन तामाङ समुदायको राष्ट्रिय पर्व सोनाम ल्होसारको अवसर पारी वैदेशिक रोजगारीको सिलसिलामा इराक पुगेका नेपालीहरुले मन्जुश्री संवत् २८५८ औं च्यान ल्हो(बाघ वर्ग) को अवसरमा सोनाम ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
‘तामाङ समुदायको मौलिक भाषा, धर्म, कला र संस्कृतिको सम्बर्द्धन तथा प्रबर्द्धन गर्ने’ उदेश्यले सन् २०१८ मा स्थापना भएको नेपाल तामाङ घेदुङ कुर्दिस्तान, इराकले विगतका बर्षहरुमा झै यो बर्ष पनि कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक तथा नेपाल तामाङ घेदुङ इराकका वरिष्ठ उपाध्यक्ष राजु थोकर तामाङले बताए ।
कार्यक्रम अकुवा पार्क हल सुलेमानीमा इराकको समय अनुसार बिहान १० बजे देखि साँझ ५ बजे सम्म हुनेछ ।उक्त कार्यक्रमको लागि नेपाली पार्क सुलेमानी देखी कार्यक्रम स्थल सम्म नि:शुल्क आवत जावत यातायातको ब्यबस्था गरेका थोकर बताए ।
विगतको बर्षहरुमा झै यस पटकको कार्यक्रम पनि भब्य र सभ्य बनाउन लागिपरेको थोकर बताए । कार्यक्रममा कुर्दिस्तान ,इराकमा रहेको सम्पूर्ण तामाङ लगायत गैर तामाङ दाजुभाई तथा दिदीबहिनीहरु र सम्पूर्ण ल्होछार प्रेमीहरुमा कार्यक्रममा सहभागी भईदिनु हुन समेत उनले अपिल गरेका छन् ।