महाभारत (काभ्रे) । नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिव तथा खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ)ले अब नेपालमा कसैले चाहेर राजतन्त्र नआउने बताएका छन् ।
उनले नेपालमा माओवादीले गरेको जनयुद्धको जगमा सम्पन्न भएको ०६२–०६३ को संयुक्त जनआन्दोलन पश्चात् मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा संस्थागत भएको र धर्म निरपेक्षता, संघीयता, समावेसी तथा समानुपातिक भएको भन्दै कसैले चाहेर राजतन्त्र फर्काउने विषयमा भने सोच्न नसकिने बताएका हुन् । माओवादी केन्द्र महाभारत गाउँपालिका ८ नंं वडा कमिटिद्धारा आयोजित घर्तिछापको पिङडाडामा भएको वडा भेला तथा साँस्कृतिक कार्यक्रममा सो कुरा बताएका हुन् ।


दुर्गा प्रसाई उल्टो बाटोमा हिडेको उनको भनाई छ । प्रसाई आठ दसवटा बैंकबाट आफै ऋण लिएर अरुलाई तिर्नु पर्दैन भनेर गलत प्रचार गरेर हिढेको उनले बताए । धर्म निरपेक्षता, संघीयता, समावेसी तथा समानुपातिक, भ्रष्टाचार, सु–साशन, गणतन्त्रको लागि अध्यक्ष कमरेड प्रचण्डले २०५२ सालमा गाउँ गाउँबाट जनयुद्ध सुरु गरेको थियो, अहिले प्रचण्डले सिंहदरबारबाट जनयुद्ध लडिरहेको उन बताए ।
‘समृद्ध नेपाल सुखी नेपाली’को नारा एमालेले होइन पहिला माओवादीले कल्पना गरेको एजेन्डा हो भन्दै महाभारत र खानीखोला गाउँपालिकाका सम्पुर्ण युवाहरु गाउँबाट सहर र सहरबाट विदेश जाने क्रम बढेकोले सम्पुर्ण युवाहरु गाउँमा फर्केर उत्पादनमुलक काम लाग्न आग्रह गरेका छन् । उत्पादन भएको सामानलाई बजार सम्म पु¥याउन र अन्य सबै विकास निर्माण कामको लागि सडक अति आवश्यक भएकोले महाभारत र खानीखोला सरकारले सडकलाई विषेश प्राथमिकता दिएर काम गरिरहेको उनको भनाई छ ।
कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका बागमती प्रदेश सचिव तथा खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) सहित विषेश अतिथि महाभारत गाउँपालिका इन्चार्ज यादव ढुङ्गेल (जमिन), गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार), उपध्याक्ष मिन ब. वाईबा, सचिव रिजन मगर, कोषाध्यक्ष असली लामा, खानीखोला गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष निशान मोक्तान लगायत माओवादी केन्द्रका वडा र गाउँपालिकास्तरीय नेताहरु लगायतको उपस्थिति रहेको थियो ।










